Description
राप्ती अञ्चल दाङ जिल्ला सदरमुकाम घोराहीमा अवस्थित सडक डीभिजन, दाङ वि.सं. २०४६/०८/०९ मा जिल्ला सडक कार्यालयको रुपमा स्थापना भई पछि २०५२ सालमा डीभिजन सडक कार्यालयको रुपमा पारित भई कार्य गर्दै आएको । शुरुमा दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाको केही क्षेत्रभित्र विकास निर्माण कार्य गर्दै आएकोमा २०७१ सालतिर रुकुममा थप डीभिजन सडक कार्यालय स्थापना भएकोले हाल यस कार्यालयको कार्यक्षेत्र दाङ र सल्यान जिल्ला मात्र रहेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०५/०९ को निर्णयानुसार सडक विभाग र अन्तर्गतका निकायहरुको नयाँ संगठन संरचना एवं दरबन्दी तेरिज स्वीकृत भए अनुसार साविक डिभिजन सडक कार्यालय, दांङको नाम परिवर्तन भै सडक डिभिजन, दांङ भएको छ | जिल्ला सडक कार्यालय स्थापना भएदेखि हालसम्म २१ जनाले डीभिजन प्रमुखको रुपमा कार्य गरिसक्नु भएकाे छ ।