Description
स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडमा स्टाण्डर्ड चार्टर्ड ग्रूपको ७०.२१ प्रतिशत शेयर रहेको छ भने बाँकी २९.७९ प्रतिशत शेयर नेपाली जनताको रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहेको छ।नेपालभरि यसका १२ वटा शाखाहरू तथा ३ वटा एक्सटेन्सन काउन्टर संञ्चालनमा रहेका छन् जसमा कुल ४५० भन्दा बढी कर्मचारी कार्यरत छन्।