Description
सन् १९८० को दशकलाई अन्तराष्ट्रिय खानेपानी दशकको रुपमा घोषणा गर्न विश्व स्वास्थ्य संगठनको प्रस्ताव प्रति तत्कालीन श्री ५ को सरकारले प्रतिबद्धता जनाए पछि खानेपानी क्षेत्रमा सरकारी लगानी वृद्धि हुँदै जाँदा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीयस्तरका ४ वटा कार्यालयहरु र ती कार्यालय अन्तर्गत केही विकास तर्फका समेत डिभिजन कार्यालयहरुको व्यवस्था गरी कार्य संचालन गरिएको थियो। यो अवस्था सवंत् २०४५ सालसम्म विद्यमान रहेको थियो ।