Description

नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न सवंत् २०२९ सालमा खानेपानी तथा ढल निकास विभाग स्थापना हुँदा राजधानी काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराइएको थियो । यस पछि खानेपानी सेवा बिस्तार सँगै यस विभाग अन्तर्गत २०३४ सालमा तत्कालीन चारै विकास क्षेत्रमा डिभिजन कार्यालयहरु स्थापना गर क्षेत्रीयस्तर सम्म स्थायी संरचनाको विकास गरीएको थियो । त्यस अवस्थामा देशका विभिन्न ठाउँमा संचालन हुने खानेपानी आयोजनाहरुको यिनै डिभिजन कार्यालयबाट योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन र सुपिरवेक्षण हुने गरी अस्थायी योजना कार्यालयहरु मार्फत कार्य संचालन हुने व्यवस्था रहेको थियो । यसका अतिरिक्त तत्कालीन स्थानीय विकास विभाग (पछि पञ्चायत तथा स्थानीय विकास मन्त्रालय) का साथै तत्कालीन जिल्ला पञ्चायतहरुबाट समेत खानेपानी क्षेत्रको काम समानान्तर रुपमा हुने गरेको थियो ।

Photos

Today
Closed

Sunday
Open All Day
Monday
Open All Day
Tuesday
Open All Day
Wednesday
Open All Day
Thursday
Open All Day
Friday
Open All Day
Saturday
Closed All Day