Description
कृषि विकास बैंक लिमिटेड बढ्दो जनसंख्या, आहार विहारको परिवर्तन, तीव्र गतिमा विकसित शहरीकरण जस्ता कारणबाट देशमा खाद्द सामग्रीहरुको माग दिनानुदिन बढिरहेको सर्वविदितै छ | निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायीकरण र बिविधिकरण विना सो माग सम्बोधन गर्न असम्भव प्रायः छ । सम्बद्ध सबै निकायहरु (Stakeholders) ले आ–आफ्ना क्षेत्रहरुबाट कृषिको प्रवर्द्धन तथा बिकासका लागि सक्दो सहयोग गर्नुपर्ने आजको आवश्यकता हो ।